गोरखा – स्थानीय तहमा जनप्रतिनिधि आएको जेठमा पाँच वर्ष पुग्न लागेको छ । पाँच वर्षको अवधिमा जनप्रतिनिधिले गरेका कामप्रतिअधिकांश पालिकाहरुमा नागरिक सन्तुष्ट छैनन् । जनप्रतिनिधिले चुनावको समयमा गरेका धेरै प्रतिवद्धता पूरा गर्न नसकेको र कामभन्दाकुरा बढी हुँदा नेतृत्वप्रति नागरिकहरु जनप्रतिनिधिको काम प्रति सन्तुष्ट छैनन् । तर सबै स्थानीय तह एकै छैनन् । केही स्थानीय तहदेशकै उत्कृष्ट पालिकाको रुपमा पनि चिनिएका छन् ।

जसमध्ये गोरखाको पालुङटार नगरपालिका पनि एक नमुना नगरपालिकाको रुपमा प्रस्तुत भएको छ । नेपालको उद्गगम स्थललिगलिगकोटको सिरानमुनी रहेको पालुङटार नगरपालिका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुले भरिएको फाँट हो । पुरानोऐतिहासिक संरचनामा बनेका घरहरू र यहाँको मिलन बस्ती संस्कृतिक रुपमा सम्पन्न छ ।

सिङ्गो नेपालको पहिचान गर्ने ऐतिहासिक क्षेत्र सहित विविधताले सम्पन्न हुँदाहुँदै पनि पालुङटार क्षेत्र सधैं ओझेलमै थियो । संघीयतापछी आएको स्थानीय सरकारको पछिल्लो पाँच वर्षको कार्यकालमा भने पालुङटारले मुहार फेरेको छ । भुकम्पले छेतबिच्छेद बनेकोपालुङटारमा सडक,खानेपानी ,शिक्षा ,भौतिक संरचना स्वास्थ्य क्षेत्रको अवस्था दयनीय नै थियो । अहिले यहाँका जीर्ण सम्पदा,भत्किनलागेका मठमन्दीर ,भत्किएका पाटी र भुकम्पबाट भत्किएका घरहरु धमाधम पुनःनिर्माण भएका छन्।

यस नगरपालिकामा स्थानीय तहको निर्वाचन सँगै निर्वाचित भएका नगरप्रमुख इन्जिनियर दिपक बाबू कंडेलको कामप्रति इमानदारीता रउनको कामगर्ने शैलीको प्रशंसा गर्दै पछिल्लो पाँच वर्षमा पालुङटारले विकासका रुपमा मुहार फेरेको स्थानीयवासिन्दा बताउँछन ।
पाँच वर्ष पहिले वडाहरुमा जाने सडक थिएन ,स्वास्थ्य चौकीको अवस्था पनि त्यस्तै थियो । पाँच वर्षभित्र हरेक वडाहरुमा सडकसञ्जाल जोडिएको छ । ,सामुदायिक भवन , खानेपानीको धारा घर – घरमा प्रत्येक वडाहरुमा गाउँघर क्लिनिक , स्वास्थ्य चौकी र कृषिक्षेत्रमा लिच्ची,लारु,पशुपालन लगायतका पकड क्षेत्र पहिचान गरि आम्दानीको स्रोत बढ्दै गएको नगरपालिकाको दावी छ । विभिन्नसंस्थाहरुको साझेदारीमा सिचाईका लागि कुलो,नहर,झोलुंगे पुल लगायतका पुर्वाधार निर्माणका कार्य सम्पन्न भएका छन् ।

नगरप्रमुख कंडेल भन्छन् ,, पालुङटार नगरबासीले मेरो कामलाई पत्याएका छन् । जनताको साथ छ । यो मेरो मात्र काम होइन। हाम्रोसिङ्गो टिम नै स्पिरिट छ। एक्लै त के नै गर्न सकिन्छ र !’ जनता,कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध राम्रो भएर मैले परिकल्पना गरेकोनगरपालिका बनाउने लक्ष्यको नजिको पुगेको छु । ऐतिहासिक क्षेत्र लिगलिगकोट लाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न म्याराथुन , साइकल , लिगलिगेदौड, लिगलिगकोटमा हरियाली पार्क निर्माण,तातोपानीमा व्यवस्थित स्नान गृह,च्यांगलीमा कुमालसंग्राहलय,किशुनजी शान्ती ,होमस्टे लगायतका पर्यटन पूर्वाधार विकासका कार्यहरु अघि सारेको उनले बताए ।

भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय ! त्यस्तै बनेको छ । गोरखाको पालुङटार नगरपालिका नगरप्रमुख कंडेलको मेहनत र लगनशीलतालेवर्षौँदेखि विकासको पर्खाइमा बसेका नयाँ संरचनाहरुले नयाँ जीवन पाएका छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिले काम गरेनन्भनेर सर्वत्र आलोचना आइरहेको अवस्थामा पालुङटार नगरपालिका आफ्नै पहिचान बनाउन सफल भएको छ ।

संघीयता पछि पहिलोपटक नेपाली काँग्रेसबाट पालुङटार नगरपालिकामा स्थानीय सरकारको नेतृत्व गरेका नगरप्रमुख इन्जिनियर कंडेलभन्छन् :; पालुङटार नगरपालिकाको समग्र बिकासलाई आकलन गर्दा स्थानिय तह सुरुवातमा एकपटक पालुङटार नगरपालिका हेरौँ ,, संघीयता सँगै बनेको स्थानिय तहमा कुनै पनि कानुन र स्पष्ट निर्देशन भएको अवस्था थिएन । कानुनी कुरा,नितिहरु प्रष्ट नहुँदा काम गर्नअप्ठ्यारो भएको महसुस भयो । संघ ,प्रदेश र स्थानिय तहको तालमेल नमिल्दा थुप्रै बाधा र चुनौतीपूर्ण यात्रामा थियौं हामी यस यात्राकोबिचमा हाम्रो पालुङटार नगरपालिकामा कुनै पार्टीको बहुमत आएको छैन म नेपाली काङ्ग्रेस बाट मेयरमा बिजयी भएँ ,उपमेयरमामाओबादीका उम्मेदवार बिजयी बन्नुभयो । वडाहरुको हकमा फरकफरक पार्टीले प्रतिनिधित्व गर्दा काम गर्न अप्ठ्यारो सँगै थुप्रै चुनौतीथपिएको थियो ।
म पेशागत रुपमा एक इन्जिनियर भएकोले बिकास निर्माणको कार्य र पालुङटार नगरपालिकामा कसरी बिकास गर्न सकिन्छ भन्नेकुराको प्रष्ट ज्ञान थियो र त्यस अनुसार म अगाडी बढे कतिपय कुराहरुमा कानुनले थुप्रै अप्ठ्यारो सहनु पनि पर्यो मैले चाहेको समृद्धपालुङटार मैले चाहेको एक इन्जिनियर र मेयरको हैसियतले पालुङटारको जनताको दैनिकिमा परिवर्तन ,जिबिकोपार्जनमा परिवर्तनबिकासमा परिवर्तन र इन्जिनियर (प्रोफेसर) पेसा छोडेर नेपालि काङ्ग्रेस पार्टीको एक जिम्मेवार सिपाही भएर पालुङटारमा मैले सिकेकोज्ञान, सीप क्षमतालाई पालुङटारबासी जनताको सेवामा समर्पित गर्ने निर्णयले आज जेजति काम गरेका छौँ । त्यो जनताको साथसमर्थनले सम्भव भएको छ ।

पालुङटार नगरपालिकाको भुकम्प पछिको निजि आवास पुनर्निर्माणलाई हेर्ने हो भने करिब ९७ प्रतिशत सम्पन्न भैसकेको छ । यसनगरमा निजि आवास पुनर्निर्माणको सवालमा थुप्रै समस्याहरु थिए । सुकुम्बासी अव्यवस्थित बसोबास आफ्नै मनपरि घरहरू निर्माणभैरहेको स्थिती थियो । मेरो कार्यकालमा निजि आवास र नयाँ बन्ने घरहरू नक्सा प्रणाली मार्फत नक्सा पास गरेर अहिले हाम्रोनगरपालिका नक्सापास इ बिपियस प्रणाली लागू गरेर सुरक्षित आवास निर्माण भैरहेको छ । राजस्व संकलन अनलाइन प्रणाली मार्फतगरिरहेका छौँ । सुकुम्बासी भुकम्प पीडित लाभग्राहिको हकमा उहाँहरुलाई सरकारबाट जग्गा खरिदका लागि पाउने दुई लाख रुपैयाँप्रदानमा सहजीकरण गरेर जग्गा किनेर नगरपालिकाको केही सहयोगमा करिब १२ घरलाई एकिकृत बस्ती जस्तै गरेर एकै ठाउँमासुरक्षित आवास निर्माण भएको छ । सुकुम्बासीको हकमा कृषि मार्फत उत्पादनलाई जोड दिएर गाँस बासको व्यवस्था गर्ने लक्ष्य पूरा गर्नअझै बाँकी छ ।

म निर्वाचित हुँदै गर्दा पालुङटार नगरपालिकामा बाटो खानेपानी शिक्षा स्वास्थ र यातायातको अवस्था नाजुक थियो । तुरतुरेबाटनिस्केपछि बजार क्षेत्रत ठाँटिपोखरी सम्म मात्र बस चल्ने अवस्था थियो र बर्खाको समयमा अरु भुभागमा यातायातको पहुँच थिएन ।अहिले नगरपालिकामा बाह्रै महिना गाडी चल्ने अवस्था छ । शिक्षामा सुधार भई सामुदायिक बिद्यालयमा विद्यार्थी अभिभावकको क्रेजबढ्दो क्रममा छ । सबै वडा कार्यालय र हाम्रो आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण भएको छ । कृषिमा आत्मनिर्भर बन्नवैदेशिक रोजगारीबाट फर्किएका लाई सहुलियत रुपमा ऋण उपलब्ध गराएका छौँ।

पाँच वर्षको कार्यकालमा शिक्षा, स्वास्थ्य,सडक,कृषि खानेपानी, खेलकुद, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा पालुङटारनगरपालिकाले महत्वपूर्ण योजना सम्पन्न गरेको र केही योजना सम्पन्न हुने चरणमा पुगेको जनाइएको छ । सामाजिक सुरक्षा भत्तावितरणमा सहज , पशुपालन ,दुध डेरी ,लिच्ची भण्डार केन्द्र ,स्वआर्जन कोष संचालन गरी कृषि उत्पादनमा जोडिएका कृषकलाईप्रोत्साहन लगायतका योजना अघि सारिएको छ । पालुङटार नगरपालिका लाई समृद्ध र बिकासको फट्को मार्नेगरी सधैँ आफूलागिरहेको र अझै जनताको सेवामा र बिकास काममा खटिरहने नगरप्रमुख दिपक बाबु कंडेलले बताए ।

त्यस्तै महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहन भत्ता , एम्बुलेन्स खरिद ,अस्पतालाका बिरामी लाई निशुल्क खाना,नगरप्रमुख बिद्यार्थीकल्याणकारी कोषको स्थापना,आवासीय छात्रावास संचालन ,पढ्दै कमाउदै कार्यक्रम ,स्थानीय पाठ्यक्रम निर्माण सँगै जनताको प्रत्यक्षसमस्या लाई समाधान गर्न अहोरात नभनेर आफू लागिरहेकोले पालुङटारलाई अब समृद्धि सहितको नमुना पालुङटार बनाउने जानकारीदिए ।

पालुङटार नगरपालिका नगरप्रमुख कडेलले नेतृत्वमा सफल भएको स्थानीयको भनाई छ । विशेषगरी नगरप्रमुख कँडेलले नगरका सबैवडाको समान विकासका लागि खेलेको समन्वकारी भूमिका र नेतृत्वलाई नगरबासीले खुलेर प्रशंसा गरेका छन् । नागरिक ,जनप्रतिनिधि रकर्मचारीको समन्वकारी भुमिकाले पालुङटारको आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा पालिकाले नयाँ पहिचान पाउन सफलभएको छ ।


