मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता पूर्वका राजधानी शहरमा सम्पन्न भएको छ ।उक्त कार्यक्रम बाट प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल को ताज आफ्नु पोल्टामा पर्न सफल भईन् , जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा ताज पहिरिन सफल भइन् । उपाधि विजेता भएसंगै उनले तोफिको साथै नगदको साथै ,पुरस्कार स्वरुप प्राप्त गरिन् ।
प्रतियोगितामा प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब र प्रिति शाक्यले ओपिनिङ्ग वार्डरोब तयार पारेका थिए ।
जस्मा डिजाइनर, सुभाषिनी सिंहको निर्देशन थियो । प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।
प्रतियोगितामा विभिन्न प्रदेशगत विजेता अनुसार सुदुर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बागमती प्रदेश सब्बु महर्जन, मधेश प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय