प्रवासी गोरखालीहरु को साझा संस्था ग्लोबल गोरखा समाजका संस्थापक अध्यक्ष प्रकाश गुरुङ र वहालवाला अध्यक्ष विनयअधिकारी  गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औ महाधिवेशन (विश्व) सम्मेलन बाट क्रमश ऊपाध्यक्ष र ऊप- महासचिव पदमा सर्वसम्मत चयन हुनु भएको छ।

लामो समय विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा रहेर काम गर्दै आऊनु भएका प्रकाश गुरुङ (बेलायत) संघको ऊपाध्यक्षपदका प्रत्यासीहरु भन्दा निर्वाचन भएको अवस्थामा समेत सबै भन्दा बलियो प्रतिस्पर्धीको रुपमा चर्चाको शिखरमा रहदै आऊनु भएकोथियो। 

अध्यक्षका प्रतिस्पर्धी रविना थापाको समुह बाट महासचिव पदमा ऊम्मेदवारी दिनु भएका लामो समय देखि पत्रकारिता क्षेत्रमा आफ्नोनाम स्थापित गरि सक्नु भएका  एनआरएनए अभियानमा संक्रिय व्यक्तित्व विनय अधिकारी (बेलायत) महासचिव पदको बलियोप्रतिस्पर्धीको रुपमा देखिदै आऊनु भएको भएपनि संघको महाधिवेशमा पदाधिकारीहरु सर्वसम्मत चयन हुने प्रक्रियामा अग्रजहरुकोअथक प्रयास र मेहनत आम गैर आवासिय साथीहरुको समेत भावना मिल्न पुगेकोले एक कदम पछाडी हटेर सहमती,सहकार्यको बाटोअपनाऊनु भएको जानकारी हुन आएको छ। 

 बिबाद दल -दलमा फसेको संघको आगामी कार्यकालका लागी अध्यक्ष पदमा कुल आचार्य, रविना थापा र डा.बद्री केसी ६-६-६महिनाको कार्यकाल नेतृत्वमा रहने गरि कार्यकाल विभाजन भएको बताईएको छ। पहिलो,दोस्रो र तेस्रो ६ महिना छुट्टा छुट्टै नेतृत्व गर्नेभएपनि संघको पहिलो बैठकमा भने तिनै जनाले अध्यक्षता गर्ने संघका निवर्तमान अध्यक्ष कुमार पन्तले नव- निर्वाचित कार्यसमितिनामावली घोषणा सभामा जानकारी गराऊनु भएको थियो। 

बिबाद पश्चात संघ दुर्घटनामा जान लागेकोले बहु- अध्यक्ष र जम्बो पदाधिकारी र कार्यसमिति बनाऊन परेको समेत पन्तले घोषणासभामा बताऊनु भएको थियो। संघको विश्व सम्मेलनको ऊद्घघाटन सम्माननिय राष्ट्रपती विधा देवी भण्डारीले गर्नु भएको थियो भनेसमापन कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री शेर बहादुर देऊवाले गर्नु भएको थियो । समापनकार्यक्रममा नेपाली काग्रेसका ऊप -सभापती पुर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा, पुर्व सभामुख सुवास नेम्वाङ, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगाएतले महत्वपुर्ण विचार राख्नुका साथै संघमा देखिएका बिबादका विषयमा समेत नेताहरुले आफ्ना धारणाहरुराखेका थिए । 

प्रधानमन्त्री शेर बहादुर देऊवाले आफ्नो विचार राख्दै संघले नेपालमा गएको विनाशकारी भुकम्प, कोभिड -१९ को महामारी र विभिन्नसमयमा प्रवासी नेपालीहरुले सरकारलाई गरेको सहयोग प्रति आभार प्रकट गर्नुका साथै सरकार प्रवासी नेपालीहरुको हरेक समस्यामासंगै रहेकोले गैर आवासिय नेपाली संघमा रहनु भएका साथीहरुले समस्याहरुको बारेमा सम्बधित राजदुतावास,परराष्ट्र मन्त्रालय रसरोकारवाला निकायहरु लाई तत्काल जानकारी गराऊन समेत सुझाव दिनु भएको थियो। प्रधानमन्त्री देऊवाले संघमा देखिएका बिबादर बिबाद हुनुका कारणहरु पत्ता लगाएर आगामी नेतृत्वले अबका दिनमा यस्तो झमेला र बिबादमा नफस्ने ढंगले काम गर्न सुझाव दिनुकासाथै सम्पु्र्ण सर्वसम्मत चयन भएका लाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो। 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय