प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ग्लोबल गोरखा समाजको सातौं बार्षिक साधारण हुने ।

जापान  १० अक्टोबर नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु को  प्रमुख आतिथ्यतामा ग्लोबल गोरखा समाजको सातौं बार्षिक साधारण सभा मिति २०८० असोज २९ गते २०२३ अक्टोबर १६ तारिख काठमाडौ,जमल  स्थित होटल एलो पगोडामा हुने भएको छ।

प्रवासका विभिन्न देशबाट गृहजिल्लामा नै गोरखालीहरु ऊपस्थिति भएर बार्षिक साधारण सभा, अधिवेशन गर्दै आएको समाजले यस पटक  बार्षिक साधारण सभा काठमाडौमा गर्ने निर्णय अगस्ट २८ तारिख बसेको पुर्ण समितिको बैठकले गरेको बताईएको छ।

बार्षिक साधारण सभामा प्रमुख अतिथीमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विशिष्ट अतिथीहरुमा नेपालसरकारका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल सरकारका ऊपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभा सदस्य कमला पन्त, गोरखा निर्वाचन क्षेत्र नम्बर का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाई लगाएत नेताहरुको आतिथ्यतामा गरिनेगरि समाजले तय गरेको जानकारी हुन आएको छ।

बार्षिक साधारण सभामा समाजले आफ्नो आधिकारी web site प्रमुख अतिथीको हातबाट ऊद्घघाटन गर्ने,रु, करोडको अक्षयकोषस्थापनार्थ कार्यविधी सार्वजनिक गर्नुका साथै गृह जिल्लामा आगामी दिनमा संस्थाको समन्वय बाट गोरखाका सबै पालिकाहरुलाई केन्द्रित गरेर गर्न सकिने  कामको समेत घोषणा गरिने  समाजका अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी गराऊनु भएको छ।

अध्यक्ष ढकालले यस पटकको बार्षिक साधारण सभा विशेष हुने भएकोले संरक्षक मण्डल,सल्लाहकार परिषद, कार्यसमिती, नेपालसमन्वय समिति लगाएत गोरखाबाट प्रतिनिधित्व गरेर सामाजिक क्षेत्रमा ऊल्लेख्य योगदान पुर्याऊदै आऊनु भएका अग्रज व्यक्तित्वहरु गैरआवासिय नेपाली संघका पदाधिकारी तथा सदस्य ज्युहरु  लाई समेत ऊपस्थितिका लागी विशेष अनुरोध गर्नु भएको छ।

ताजा समाचार

लोकप्रिय