नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसद्को अवहेलनामा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुखलाई निवेदन दिएका छन्।

प्रतिनिधि सभाको जेठ ६ गतेको बैठकमा बोलेको विषयलाई लिएर सांसद गुरुङले गृहमन्त्री लामिछाने विरुद्ध सभामुख देवराज घिमिरेलाई निवेदन दिएका हुन्। ‘देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहिन कुरा गर्दा संसद्को अवहेलना हुनु पुगेको छ,’ निवेदनमा भनिएको छ, ‘उहाँले बोलेको कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु। यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु।’

त्यस्तै, गृहमन्त्री लामिछानेले प्रतिनिधि सभा सदस्यले पालना गर्नुपर्ने आचरण पनि पालना नगरेको सांसद गुरुङले जिकिर गरेका छन्। उनले भनेका छन्, ‘प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचारण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरी निजलाई संसद्को अवहेलनामा कारबाही गर्न गम्भीर रुपमा माग गर्दछु।’

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले कांग्रेसका सांसदले कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोप लगाएका थिए। कूटनीतिक राहदानीको मुद्दामा २०६४ असोज २४ मा सर्वोच्च अदालतले फैसला गरेको थियो। सर्वोच्चबाट सफाइ पाइसकेको विषयलाई लिएर भ्रम सिर्जना गरेको सांसद गुरुङको भनाइ छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय