कार्तिक ८ गोरखा गण्डकी गाँऊपालिका वडा नम्बर ८ साबिकको घ्याल्चोक गाबिस तोरीश्वाराका विष्णु श्रेष्ठको घरमा आगलागी भएको छ। गाँऊटोल,छरछिमेकमा दिपावलीको हर्ष ऊल्लास,नाँच,गान, देऊसी भैलो भई रहेको छ तर श्रेष्ठ परिवार भने यति बेला ठुलो दुखमा परेकोछ।
बर्षदिन भरी दुख गरेर ऊब्जाएको धान,मकै,गँहु, कोदो,बोडि,भटमास,मास, तिहार खर्चको लागी जोहो गरेर राखेको नगद ,लत्ता कपडा रभएको जिन्सी समेत जलेर नष्ट भएको छ। भएका सबै खाधवस्तु जलेर नष्ट भए सॅगै अति नै विपन्न श्रेष्ठ परिवारमा खाना,नाना रछानाको लागी कुनै विकल्प नदेखिएकोले मनकारी महानुभावहरु लाई सहयोग गरिदिन सामाजिक संञ्जाल मार्फत स्थायी घर साबिकघ्याल्चोक गाविस भई हाल काठमाडौमा व्यवसायीक सिलशिलामा रहनु भएका सामाजिक व्यक्तित्व भिम श्रेष्ठ ले आफ्नो सामाजिक संञ्जाल मार्फत सहयोगको अपिल गर्नु भएको छ।
श्रेष्ठले आवश्यक जानकारीको लागी ९८६०९२३५५५नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिन समेत सविनय अनुरोध गर्नु भएको छ।
हेर्नुहोस श्रेष्ठको घरको अवस्था

ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to EMotherNepal
Made with ❤️ By Gorkhaly Labs

