काग्रेस बैठक : प्रदेश सभापतीहरुको धारणा

काठमाडौ नेपाली काग्रेसको  केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रूपमा बोलाइएका प्रदेश सभापतिहरूले स्थानीय तहकोचुनावमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रबाट नभई स्थानीय आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका  सभापती बाहेक  अन्य प्रदेशका सभापतिहरू ऊपस्थित भएको बैठकमा सबै सभापतीहरुले  धारणा राखेका थिए ।बैठकमा गण्डकीका सभापति शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत भारतको कांग्रेसआइ जस्तो हुनसक्ने बताएका छन् ।

प्रदेश १ का सभापति उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले पनि केन्द्रबाट गठबन्धन गर्न नहुने जोड दिएका छन्।गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नु पर्ने उनीहरूको भनाइ थियो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने– गठबन्धन किन गर्ने ? गर्दा के हुन्छ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकताअनुसार गर्ने ? यी तीन वटा विषयमा गम्भिर समिक्षा र छलफल हुन पर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस शुन्यहुने बताएका छन्। माओवादीले जसले विगतमा जितेको त्यो ठाउँमा उसैलाई छाड्ने प्रस्ताव राखेको छ ।

माओवादीले एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नु पर्ने बताउँदै आएको छ। त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस शुन्यहुने कर्णाली प्रदेशका सभापति शाहीको भनाइ छ ।

ताजा समाचार

लोकप्रिय