बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले आफ्नो कोभिड–१९ खोपको खतरनाक साइड इफेक्ट हुनसक्ने स्वीकार गरेको छ ।

ब्रिटिस मिडिया टेलिग्राफको रिपोर्टका अनुसार एस्ट्राजेनेकामाथि आफ्नो भ्याक्सिनका कारण धेरै मानिसको मृत्यु भएको आरोप लगाइएको थियो । साथै, धेरै जनाले गम्भीर रोगको सामना गर्नुपरेको थियो।

भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकाको सोही सूत्रबाट कोभिशिल्ड नामको खोप बनाएको थियो ।

बेलायती उच्च अदालतमा पेस गरिएका कागजातहरूमा कम्पनीले आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम वा टीटीएस निम्त्याउन सक्छ भन्ने स्वीकार गरेको छ। यद्यपि, यो धेरै दुर्लभ छ।

यो रोगका कारण शरीरमा रगत जम्ने गर्छ र प्लेटलेट्सको संख्या घट्छ । जसका कारण हृदयाघात र स्ट्रोकको जोखिम पनि हुन्छ ।

कम्पनीविरूद्ध उच्च अदालतमा ५१ वटा मुद्दा चलिरहेको छ । पीडितहरूले एस्ट्राजेनेकासँग करिब १ हजार करोड भारू क्षतिपूर्ति मागेका छन्।

कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर खोप बनाएको हो ।

यदि कम्पनीले सुनुवाइका क्रममा आफ्नो भ्याक्सिनले धेरै मानिसको ज्यान गएको र अरूलाई गम्भीर रोग निम्त्याएको स्वीकार गरेमा उनीहरूलाई ठूलो जरिवाना लाग्न सक्छ ।

वास्तवमा अप्रिल २०२१ मा जेमी स्कट नामका व्यक्तिले यो खोप लगाएको कारण अवस्था बिग्रिएको बताएका थिए ।

शरीरमा रगत जमेको अवस्थाले उनको मस्तिष्कमा प्रत्यक्ष असर गरेको थियो । यसबाहेक स्कटको मस्तिष्कमा आन्तरिक रक्तस्राव पनि भएको थियो ।

स्कटले गत वर्ष एस्ट्राजेनेका विरूद्ध उजुरी दायर गर्यो। मे २०३२ मा स्कटको आरोपको जवाफमा कम्पनीले दावी गर्‍यो कि उनीहरूको खोपले टीटीएस निम्त्याउन सक्दैन।

तर, कम्पनीले गत फेब्रूअरीमा उच्च अदालतमा पेस गरेको कानूनी कागजातमा यो दाबी फिर्ता लिएको थियो । यी कागजातहरूको बारेमा जानकारी अब प्रकाशमा आएको छ।

एस्ट्राजेनेकाले भनेको छ, ‘केही अवस्थामा तिनीहरूको खोपले टीटीएस निम्त्याउन सक्छ। यद्यपी भ्याक्सिनमा यो रोग के हो भन्ने बारे हाल कम्पनीसँग जानकारी छैन ।’

यी कागजातहरू प्रकाशमा आएपछि स्कटका वकिलले अदालतमा एस्ट्राजेनेका(अक्सफोर्ड खोपमा त्रूटिहरू रहेको र यसको प्रभावकारिताबारे गलत जानकारी दिएको बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय