नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ

सोमबार बिहान अज्ञात समूहले बैंकमा आएर चोरी गरेपछि प्रहरीले त्यो समूहलाई ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चोरले टिनको बक्सा फुटालेर एक सय र बीस रुपैयाँको नोट चोरेका थिए ।

नबिल बैकबाट चोरी भएको सूचना पाएपछि प्रहरीले सुरु गरेको अनुसन्धानमा चार जना बैंक भित्र प्रवेश गरी दराजबाट पैसा निकालेको सिसिटिभी फुटेजमा देखिएको थियो।

सो रकम बैङ्कले राखेको स्टिल दराजबाट चोरी भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय