विराट खनाल जापान- गोरखा जिल्लाको दक्षिणी पुर्वी गण्डकी गाँऊपालिका वडा नम्बर ५ साबिकको दर्बुङ गाबिस बाट बसाईसरी गएका चितवनबासीदर्बुङेहरु आफ्नो जन्मभुमीको पर्यटन प्रवर्द्धनमा जुटेका छन्। करिब २/३ सय घरधुरी चितवन बसाईसरी गएका दर्बुङेहरुको साझा संस्थादर्बुङ चितवन समाजको आयोजनामा यहि मिति २०७८ चैत १८ गते ऊनिहरु जन्मभुमी साबीकको दर्बुङ गाबिसको रानिश्वारा स्थित “रानिश्वारा मकरात होमस्टे” मा पुगेका हुन।
भ्रमणमा जन्मथलो पुग्नु भएका अमिर बाबु खनाल सामाजिक संजाल मार्फत लेख्नु हुन्छ “ सो स्थानमा आफ्ना ५/६ पुस्ता जन्मे हुर्केको तैपनि आफुहरुको लागी नौलो भएको आफ्नो ठाँऊमा होमस्टे संन्चालन गरि पर्यटन प्रबर्द्धन आफ्नै गाउँ मा गर्नु पर्छ भन्ने त्यहाँको मगरसमुदायको सोच, विचार को प्रसंसक भएको, रितिरिवाज, चालचलन, भेषाभुषा,कला सस्कृतीको मौलिकता र अतिथि संस्कार देखेरआफ्नै ठाउँ मा स्वर्ग लुकेको आभास भएको ,पुराना दौतरीहरु भ्रमणमा जाँदा भेटेको, मगर समुदाय को आट, अठोट एकता र हार्दिकतासहितको कर्तव्य र जिम्मेवारी देखेको भौगोलिक सुन्दरता र प्रेरणा देखेता पनि तर सरकारको नजर बाट टाढा देखेको विकाशको कोपरिभाषा बाट टाढा देखेको नेतृत्व को दृष्टी बाट टाढा देखेको, मगर समुदायको सोच र बिचार सुनिदिने निकाय निकै टाढा देखेकोले दु:खलागेको विषय सामाजिक संजालमा पस्कदै स्थानीय निर्वाचनको माहोलमा नेतृत्वको को दृष्टी त्यहाँ सम्म पुग्न र पुर्याऊन समेत अनुरोधगर्नु भएको पाईन्छ ।
मगर समुदायले जन्मथलोको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याऊन पुगेका आफ्ना गाँऊलेहरु लाई पञ्चै बाजा बजाएर फुलमाला,अविर लगाएरस्वागत गर्नुका साथै विभिन्न किसिमका मौलिक नृत्यहरु देखाएर मनोरञ्जन दिनुका साथै लोक दोहोरी,चुड्का लगाएतका नृत्यहरुलेमनोरञ्जन दिएका थिए भने। रानिश्वारा मकरात होमस्टे पुगेका सबैले सामाजिक संन्जालबाट एकपटक अवलोकन भ्रमण गर्न सबै लाईअनुरोध गरेको पाईन्छ।


