नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकतासम्बन्धी कानुन तत्काल संसदमा टेबल गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नागरिकता नभएकै कारण कयौँ नेपालीले वर्षौंदेखि समस्या भोगिरहेकाले अबिलम्ब नागरिकतासम्बन्धी कानुन टेबल गर्नुपर्ने बताएका हुन् ।

‘नेपाली नागरिक बुबाआमाबाट जन्मिएका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्ने उनीहरूको नैसर्गिक हक हो, संवैधानिक हक हो । तर यीमध्ये कयौँले नागरिकता पाउन सकेका छैनन्,’ थापाले भने, ‘नागरिक हुँदाहुँदै पनि नागरिकताको प्रमाणपत्र नहुँदाको पीडा पासवर्ड बनाउन नपाउने, बैंकमा खाता खोल्न नपाएर मिटर ब्याजमा पैसा लिनुपर्ने, लोकसेवाको परीक्षा दिन नपाउने, बाहिर जान नपाउने, यी तमाम अवरोध र अपमानहरू हामी सायद बुझ्न सकिरहेका छैनौँ ।’

थापाले अगाडि थपे, ‘नागरिकताको कानुनको सम्बन्धमा राजनीतिक दलहरूकाबीचमा जुन विमति छ, ती बिमतिहरूलाई थाती राखेर, हाम्रो बीचमा समझदारी भइसकेको, जन्मसिद्धका सन्तानले संविधानत नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयलाई कार्यान्वयन गर्ने सन्दर्भमा, जसमा हामी एकमत छौँ ती विषयहरूलाई मात्र समेटेर भएपनि सरकारलाई अबिलम्ब संसदबाट पारित गर्ने गरिकन नागरिकतासम्बन्धी कानुन यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय