काठमाडौ : यति बेला देशभर चुनावी सरगर्मी बढिरहेको छ । हरेक स्थानीय तहमा विभिन्न राजनैतिक दलमा आस्था राख्ने नेता तथा कार्याकर्ताले उम्मेदवारी दिईरहेका छन ।

यस्तै अवस्था टोखा नगरपालिकामा पनि देखिएको छ । टोखा नगरपालिका वडा न ३ को वडा अध्यक्षमा कांग्रेसबाट रमेश जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

विगत ३० वर्ष देखि पार्टी संगठन निर्माणमा काम गरिरहनु भएका जोशी सामाजिक व्यक्तित्व हुन । पार्टी भित्र लामो समय सम्म काम गरेका जोशीले ” अब पार्टीमा मात्र खुम्चिएर नबस्ने र अब अझै जनताको सेवा गर्नको लागी निर्वाचन लडेर जनता माझ जाने बताउनु भएको छ । ”

जोशीले नेपाली कांग्रेस काठमाडौ जिल्ला सदस्यको पदमा बसेर पनि काम गरिसकेका छन ।

जोशीले टोखा-३ वडामा सफा शुद्ध र सिचाइकाे लागि एक घर एक धार, गरिब अशक्तका लागि निशुल्क एम्बुलेन्स सेवा, डिजिटल वडा, उद्यमशिल समाज तथा याेग्यता अुसारकाे राेजगारि भ्रष्टाचार मुक्त वडा, टाेल टाेलका बाटा ग्राभेल तथा पिच, कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनकाे बजार व्यवस्थापन लगाएतका याेजना अगाडि सारेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट उक्त वडामा वडा सदस्यहरु हरि भक्त श्रेष्ठ , कान्छा नारायण महर्जन , सिर्जना आचार्य , राम माया नेपाली ( दलित महिला सदस्य ) हरुको उम्मेदवारी दर्ता भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय