केही दिनयता सुन र चाँदीको भाउ ओरालो लागेको छ।
मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोही दिन सुन प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
सो मूल्यमा दिनहुँ गिरावट देखिएको हो। यो साताको पहिलो दिन सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भयो।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला नौ सय रुपैयाँ घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो साताको मंगलबारको तुलनामा आज ९० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


