भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीकाे सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ शुक्रबारबाट रिलिज हुँदैछ। यो फिल्म दुई भारतीय क्रान्तिकारी अल्लूरी सीताराम राजू र कोमाराम भीमले ब्रिटिस शासन र हैदराबादको निजामविरुद्ध लडेको लडाइँमा आधारित छ।

फिल्ममा अल्लूरीको भूमिका रामचरण र कोमाराम भीमको भूमिका जुनियर एनटीआरले निभाएका छन्। यी दुईका अलावा फिल्ममा बलिउडमा अजय देवगन र आलिया भट्टले पनि महत्वपूर्ण भूमिका निभाएका छन्।

५५० करोडको बजेटमा बनेको यो फिल्म निर्माण गर्न करिब ४ वर्ष लाग्यो। यहाँ यो फिल्मसँग जोडिएका ५ रोचक किस्सालाई प्रस्तुत गरिएको छ-

फिल्मको नाम ‘आरआरआर’ कसरी राखियो ?

सुरुवातमा राजामौलीसँग फिल्मका लागि अलग्गै नाम थियो। त्यसपछि उनलाई कसैले किन दुवै स्टार रामचरण र रामाराव र राजामौलीको नामको पहिलो अक्षरलाई जोडेर नाम नराख्ने भनेर सल्लाह दिए। सोही सल्लाहअनुसार उनीहरुले नाम ‘आरआरआर’ राखे। जब उनीहरुले नाम छनोट गरेर सामाजिक सञ्जालमा राखे, तब सारा विश्व र वितरकले नाम मनपराए। यही कारण यो नामलाई औपचारिक मान्यता दिइयो।

निर्माताहरुले हालैमात्र एक डान्स नम्बर सार्वजनिक गरेका थिए, जसलाई २६ मिलियन बढी पटक हेरिएको छ। ‘नाचो नाचो’ गीतका सुटिङ कीवमा गरिएको थियो। यो गीतको स्टेपलाई उत्कृष्ट फर्ममा ल्याउनका लागि दुवै अभिनेताले एक दिनमा १२ घण्टा सुटिङ गर्नु परेको थियो। उनीहरुलाई स्टेप उत्कृष्ट बनाउन १५ देखि १८ दिन लागेको थियो।

खाली खुट्टा जंगलमा कुदेका एनटीआर

फिल्ममा एक जंगलको सिक्वेन्स देखाउनुपर्ने थियो। राजामौलीले एनटीआरलाई वास्तविक सिक्वेन्सको समयमा ‘सरप्राइज’ नै दिए। एनटीआरले जुत्ता लगाएर यो दृश्यको अभ्यास गरेका थिए। तर इन्ट्रो दृश्यको सुटिङको समयमा क्रिएटिभ पावर हाउस निर्देशकले उनलाई बुल्गेरियाको काँडाले भरिएको जंगलमा नांगो खुट्टाले दौडन निर्देश गरे। यद्यपि जुनियर एनटीआरलाई कुनै चोट लागेन, तर उनको खुट्टा जंगलको काँडा र मसिना ढुंगाले भरिएको थियो।

आलियाप्रति चिन्ता

यो फिल्मको कास्टिङपछि आलियालाई सेटमा ल्याएपछि एनटी रामाराव जुनियर र रामचरणलाई कसरी नियन्त्रणमा राख्ने भन्ने चिन्ता फिल्म युनिटमा थियो। किनकि दुवै अभिनेताहरु सेटमा धेरै बदमाश काम गर्थे। तर सुटिङका समयमा दुवैले मस्ती गर्दा सेटकाे माहोल सकारात्मक बनेको थियो।

आलियासँग कम बोल्थे रामचरण

आलियाले दुवै अभिनेताविरुद्ध गुनासो गरेकी थिइन्। उनीसँग रामचरण सेटमा निकै कम कुरा गर्थे। जब यो कुरा आलियाले रामचरणलाई भनिन्, तब रामचरणले ‘मलाई लाज लाग्थ्यो, किनकि तपाईं यति सुन्दर हुनुहुन्छ’ भन्ने जवाफ दिएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय