भरतपुरबाहेक काँग्रेसले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा पालिका लिने भएका छन् ।
सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुरमहानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदकोभागबण्डा गरेका हुन् ।
जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपालीकाँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।
सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिनेभएका छन् । काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाकोप्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाकोप्रमुख लिने भएको छ । यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुकोसमेत भमगबण्डा मिलाएको छ ।
जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ ।जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २/२ वटा सिट लिने सहमति भएको छ ।
गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामनागाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाकोकेही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ ।
अन्य पालिकाको वडा तहको भागबण्डा गर्न भने बाँकी छ । अन्य ५ वटा नगरपालिका र भरतपुर महानगरपालिकाको वडा तहकोभागबण्डाका लागि केही बेरमा गठबन्धनको बैठक बस्ने बताइएको छ ।


