भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुगेका छन्।

आइतबार बिहान प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट बनारस पुगेका हुन्। बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवा एयर इन्डियाको जहाजबाट बनारस गएका हुन्।

बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा आजै केहीबेरपछि नयाँदिल्ली फर्केर अपरान्ह स्वदेश फर्कनेछन्।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय