नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्क को गण्डकी प्रदेश संयोजकमा नेपाली कॉंग्रेस युवानेता, पालुगंटार नगरपालिका पुर्व मेयर ई. दिपक वावु कँडेल लाई मनोनयन गरेको छ । नेपाली कॉंग्रेस चुनाव प्रचार प्रसार समिति लेयुवा प्रचार नेटवर्क अन्तर्गत सबै प्रदेशमा संयोजक तोकेको हो । प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
कात्र्तिक ३, २०७९
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्क
“प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य श्री उमेशजंग रायमाझीकोसंयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्क” मा देहाय बमोजिम सदस्यसचिव, प्रदेश संयोजक, काठमाडौं उपत्यका संयोजक र सदस्यहरु मनोनयन गर्नु भएको छ ।
निगम हुमागाई सदस्य सचिव काभ्रे
प्रमिला गच्छेदार संयोजक, प्रदेश नं. १ मोरङ
सञ्जय यादव संयोजक, मधेश प्रदेश सिरहा
राजन के.सी. संयोजक, बागमती प्रदेश काठमाडौं
ई. दिपक वावु कँडेल संयोजक, गण्डकी प्रदेश गोरखा
प्रदीपराज शर्मा संयोजक, लुम्बिनी प्रदेश दाङ
रंगमती शाही संयोजक, कर्णाली प्रदेश हुम्ला
पुष्पकुमार शाही संयोजक, सुदूरपश्चिम प्रदेश डोटी
प्रशन्नमान श्रेष्ठ संयोजक, काठमाडौं उपत्यका काठमाडौं
मा संयोजक जिम्मा दिएको छ ।


