रूपन्देही । रोल्पामा सत्तारूढ दलकाे गठबन्धन कायम राख्न कांग्रेस, माओवादीका प्रमुख नेताहरूले प्रयास गरेका छन् ।
गठबन्धन सहमति विपरीत माओवादीका नेताले उम्मेदवारी दिएपछि माओवादीका उपमहासचिव वर्षमान पुन, कांग्रेस लुम्बिनी सभापतिअमरसिंह पुन, माओवादीका नेता जोखबहादुर महराले बाम गठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेला गरेर गठबन्धनकोअावश्यकता र बाध्यता बुझ्न अनुराेध गरेका छन् ।
घर्तिगाउँ रोल्पामा आयोजना गरिएको कार्यक्रममा नेता वर्षमान पुनले रोल्पाको मात्रै अवस्था हेरेर नहुने भन्दै देशभर कांग्रेसले गरेकोसमर्थनलाई हेरेर गठबन्धन कार्यान्वयन गर्न निर्देशन गरेका थिए ।
उनले गठबन्धनको मर्म अनुसार अघि बढ्न कार्यकर्तालाई अाग्रह गर्दै यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी गठबन्धन दलका सबैकोजिम्मेवारी भएको बताएका थिए । उनी यहाँबाट प्रतिनिधि सभामा गठबन्धनको उम्मेदवार हुन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवम् प्रदेश सभा ख का उम्मेदवार अमरसिंह पुनले
विकास र समृद्धिको यात्रा रोल्पाबाट सुरु हुने र दुई ध्रुवमा रहेका कांग्रेस र माओवादी केन्द्रको सहकार्य र समझदारीबाट नै रोल्पालाईनयाँ मार्गमा लिएर जान सकिने बताए ।
उनले २०४८ सालपछि रोल्पामा पहिलो पटक कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको र यो पहिलो तालमेललाइ असफल बनाउनेछुट कसैलाई नरहेको बताएका थिए ।
नेता पुनले यहाँको सहकार्यले राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा शान्ति र सकारात्मक सन्देश प्रवाह हुने दावी गरेका थिए ।
गठबन्धन दलबाट कांग्रेस नेता पुनको क्षेत्रमा माअाेवादीका पाेलिटब्युराे सदस्य सिजलले उम्मेदवारी दिएपछि कांग्रेस माओवादीविवाद बढेको छ ।


