१८ चैत, काठमाडौं । काठमाडौंमा पेट्रोल पम्पहरुमा सवारीमा तेल भर्नेहरुको चाप बढेको छ । पेट्रोलियम पदार्थको अभाव चर्किने र मूल्य बढ्ने अवस्था देखिएपछि शुक्रबार अबेर रातिसम्म पनि पेट्रोल पम्पहरुमा सवारीहरुको लामा लाइनहरु लागेको छ ।

काठमाडौंमा धेरैजसो पेट्रोलपम्पमा तेल भर्न बसेका धेरैजसोमा आशंका पेट्रोलियम ढुवानी रोकिएकाले शनिबारबाट तेल नपाइने होकि भन्ने आंशका थियो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।

आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकापम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।पम्पमा लाइन लागेको देखेपछि अन्य सवारीहरु इन्धन अभाव हुने डरले जोहोमा लागेका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय