काठमाडौ- नेपाली काँग्रेस जिल्ला कार्य समिती गोरखाका सभापती नन्द प्रसाद न्यौपानेले सभापतीको अधिकार प्रयोग गरेर जिल्ला कार्यसमिति सदस्य पदमा आठ  जना मनोनयन गर्नु भएको जानकारी हुन आएको छ।

सभापतीको अधिकार प्रयोग गरेर मनोनयन गरिने पदलाई गोरखा काग्रेसमा विशेष रुपमा हेरिदै आएको थियो।

 

सभापति न्यौपानेको मनोनयनमा नेका गोरखाका  निवर्तमान जिल्ला सभापति हरि बहादुर घले, पाका ईमान्दार नेताको रुपमा आफ्नो पहिचान गोरखा काग्रेसमा स्थापित गर्न सफल व्यक्तित्व विश्वदेव श्रेष्ठ, नेका गोरखाका युवा नेता गोरखाली युवाहरुका आईकन गोरखा नगरपालिका मेयर राजनराज पन्त, सिपी पोखरेल , इश्वर अधिकारी, ललिता अधिकारी, रिता देवकोटा सुक बहादुर  विक मनोनित हुनु भएको विषय नेका गोरखाका पार्टी सचिव कृष्ण बहादुर आले ले सामाजिक संजाल मार्फत जानकारी गराऊनु भएको छ।

 

स्थानिय तहको निर्वाचन नजिकिदै गएको ऊम्मेदवारहरुको अझै टुन्गो समेत नलागी सकेकोले निर्वाचनमा ऊम्मेदवार छनोट लगाएतका विषयमा  समेत सहजिकरण होस भनी निवर्तमान सभापती, पाका नेता, युवा नेता सभापतीको छनोटमा पर्नु भएको हुन सक्ने आँकलन गोरखाली काग्रेसहरुमा हुदै आएको पाईएको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय