गोरखा । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुर्नस्थापना ईकाइ सिउरिनीटार गोरखालाई १६ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार समितीले नव नियुक्त इकाइ कार्यालय प्रमुख जगत कुमार श्रेष्ठ लाई सो ज्ञापन पत्र बुझाएको विषय समितिका सचिव हरि सिंखडाले सामाजिक संजाल मार्फत जानकारी गराऊनु भएको छ।
हरेराम ढकालको संयोजकत्वमा रहेको समितिले आयोजनाको शुरुवाती दिन देखिनै प्रभावित क्षेत्रका बासिन्दाहरुको प्रतिनिधित्व गर्दै समस्याहरुलाई आयोजनाको ईकाइ र सरकार सम्म पुर्याऊदै आएको र ईकाइ प्रमुखले आयोजनाको र प्रभावित क्षेत्रका बासिन्दाको पक्षमाकाम गर्न आफुहरु संघाऊ पुर्र्याऊन तयार रहेको समेत ज्ञापन पत्रमा ऊल्लेख गरिएको छ।
हेर्नुहोस ज्ञापन पत्र ।
हिजो मात्र स्थानिय अगुवाहरुले पनि १० बुँदे माग सहित ईकाइ प्रमुखलाई ध्यानकर्ण गराएका थिए ।




