काठमाडौं- नावालिग बलात्कारको अभियोगमा जिल्ला अदालतवाट पुर्पक्षका लागि थुनामा पठाइएका पल शाह उक्त निर्णयलाई चुनौती दिँदै उच्च अदालत पोखरा पुगेका छन्।  

जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले आफ्नो बारेसमार्फत् उच्च अदालतमा निवेदन दर्ता गराएका हुन्। मुलुकी अपराध संहितको ७३ नम्बर निवेदन लिएर शाह उच्च आएको पोखरा उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए। 

शाहको निवेदनमा आफूलाई थुनामा पठाउने आदेश त्रुटिपूर्ण भएकाले बदर गर्दै धरौटी वा साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरिएको छ। पीडितले दिएको बयान र अरु साक्षीहरुले दिएको बयान नै फरक परेको, पीडितको उमेरसमेत ढाँटेर बयान गरेको लगायत दाबी उनले आफ्नो निवेदनमा गरेका छन्।

उनले निवेदनमा जिल्लाको आदेशले बलात्कारको अभियोगमा पुष्टि हुनसक्ने आधार लिन नसक्ने दाबी गरेका छन्। त्यस्तै पीडितमाथि बलात्कार भएको भए तत्कालै जाहेरी दिनुपर्नेमा करिब एक वर्षपछि मात्र दाबी गर्नु र आफूमाथि विवाहको दबाबसमेत बढाएको र त्यसलाई अस्वीकार गरेपछि बलात्कारको झुटो अभियोग दायर भएको दाबी गरिएको छ।

गत बिहीबार तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उनका म्यानेजर कृष्ण जोशी भने एक लाख धरौटीमा रिहा भएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय