काठमाडौं– कलंकीबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित सामेबार बिहान तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको लखनउ भर भइ कलंकी बस्दै आएका १८ वर्षीय मोहमद गुफरान, भारत लखनउ नै  घर भइ कलंकी बस्ने १८ वर्षीय अह्यान अन्सारी र ललितपुर धोबीघाटका ३९ वर्षीय गणेश रजक छन्।

उनीहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर, लागुऔषध जोख्न प्रयोग गरिने मेसिन, २ लाख ४५ हजार रुपैयाँ, ४ थान मोबाइल, मोटरसाइकल बरामद गरिएको कालिमाटी वृत्तका डीएसपी अनिल घिमिरेले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय