प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको जानकारी दिएको छ।

बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय