शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ । खुमलटारले एन्फा कम्प्लेक्समा वीरगञ्ज युनाइटेडमाथि २–१ को रोकाञ्चक जित हात पारेको हो ।

खेलको छैटौं मिनेटमा कप्तान सविन केसीले पेनाल्टीबाट गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा आशा लाल कुँवरले गोल गर्दै वीरगञ्जलाई १–१ गोलको बराबरीमा ल्याए ।

७५ औं मिनेटमा रमेश थापाले गोलपछि खुमलटारले २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो । यो जितसँग खुमलटारले ९ खेलमा १२ अंक जोड्दा पराजित वीरगञ्जको समान खेलबाट १० अंक छ । 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय