नवनियूक्त कर्णाली प्रदेशका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पद तथा गोपनियताको शपथ बुधबार(आज) लिने भएका छन् । कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने छन् ।

कँडेल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियूक्त भएका थिए । केन्द्रमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए ।शर्माको राजिनामा पश्चात प्रदेश प्रमुख परियारले सात दिन भित्र बहुमत पु-याएर सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई समय दिएका थिए ।

सोही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियूक्त भएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय