एपीएफले २५–२२ ले १ अंक लिन सफल भएको थियो । तर, दोस्रो, तेस्रो र चौंथो सेट लगातार पुलिस क्लवले जित्न सफल भयो। पुलिस क्लवले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो ।

यससँगै पुलिसले समूह चरणमा एपीएफसँग भोगेको हारको बदला लिएको छ । यस्तै, बिहीबारै बिहान भएको पहिलो खेलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ।

आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्यो । दोस्रो सेटमा आर्मीले पूनरागमन गर्दै २६–२४ को जित निकाल्दा खेल १–१ सेटको बराबरीमा पुग्यो ।

तेस्रो सेटमा गण्डकीले २६–२४ ले बाजी मार्यो । २४–२४ को बराबरीबाट गण्डकीका लागि स्पाइकर रवि केसीले लगातार २ अंक दिलाएपछि जित निकाल्न सफल भयो ।

चौंथो सेटमा भने गण्डकीले राम्रो सुरुवात गर्दै खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । तर अन्तिम समयमा आर्मीले कडा चुनौती दिदै खेल रोमाञ्चक बनेको थियो । अन्तिममा गण्डकी २५–२२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

यही पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागीयसँगै ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय