काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्।
आइतबार काठमाडौं महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो।
महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।
सापकोटाको ठाउँमा प्रहरी उपरीक्षक पाण्डेलाई जिम्मेवारी दिइएको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।
उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन्।
‘यो नियमित प्रक्रिया हो,’ उनले भने, ‘पहिले पनि भइराखेको नियमित प्रकृया नै हो। खासै केही होइन।’
काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। धनपति सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए।


