
गोरखा असोज–२ २०८० गण्डकी गाऊँ पालिका वडा नम्बर ८ साबिक घ्याल्चोक गाविसको वडा कार्यालय भवन गैर कानुनी ढंगबाटनिर्माण भएको भन्दै सामाजिक संञ्जाल मार्फत स्थानियहरुले चर्को विरोध गरेको पाईन्छ।
करीब करीब निर्माण सम्पन्नको चरणमा पुगेको वडा कार्यालयको भवन ओईलानी जग्गामा बनाएर जनप्रतिनिधीहरुले राज्यकोकानुन,नियमको समेत धज्जी ऊडाऊने कार्य गरेको भन्दै चौतर्फी विरोध भएको छ।
नेकपा माके बाट वडा अध्यक्ष निर्वाचित भएका कोकिल पुलामी मगरको कार्य क्षमता समेत स्थानियबासीहरुले चर्को प्रश्न ऊठाऊनुकासाथै सामाजिक संञ्जालमा सरकारी कार्यालय भनेर बनाईएको भवनको रङमा समेत भद्धा र ऊछृङखलता प्रदर्शन गरीएको विषयमाचर्को विरोध भएको छ।
वडा अध्यक्ष पुलामी मगरले आफ्नो सामाजिक सञ्जाल मार्फत जनताको बलिदानी संघर्ष बाट प्राप्त नेपालको संविधान दिवस 2080 साल आश्विन 3 गतेको दिन गण्डकी गा.पा.वडा न.8 को प्रशासनिक भवनको समुदघाटन गा.पा.अध्यक्ष श्री दिपक तिमल्सिना (साकार) ज्युबाट हुने भएको हुदा सम्पुर्ण वडाबासी दाजुभाई दिदिबहिनी विभिन्न राजनैतिक दलका प्रतिनिधि सघसस्थाको प्रतिनिधि बुध्धिजिवीसमाजसेवी सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दै संविधान दिवसका दिननै सविधानको मर्म र भावना विपरीत कार्य गर्न लागेको विषय संगैचौतर्फी विरोधले प्रमुख अतिथि लगाएत अन्यको ऊपस्थिति भएमा ऊनिहरुको नैतिकता माथी समेत प्रश्न ऊठ्ने विषय सामाजिकसंञ्जालमा ऊठेको पाईन्छ।
वडा कार्यालयको प्रशासनिक काम,कार्बाही सन्चालन हुने कार्यालयको विषयमा नेपाली काग्रेस गण्डकी गाऊँपालिका वडा नम्बर ८ कावडा सचिव समेत रहनु भएका
विजय रुपाखेती ले जनप्रतिनिधिको लाचारीपारा र मनपरी तन्त्रको विषयमा सामाजिक सञ्जालमा “निती नैतिकता ईमान्दारीता र नेतृत्व“ शिर्षकमा रातो घरको बारेमा यस्तो धारणा सार्वजनिक गर्नु भएको पाईन्छ।
“नीति नैतिकता इमान्दारीता र नेतृत्व”
आफ्नो घर परिवारमा त नैतिक आचरण सु– सभ्य सस्कृती र नितिमा हिड्नु पर्छ भने गाउँ समाज र देश नै परिवर्तन गर्छु भन्नेहरु नीति रबिधिमा हिड्नु नपर्ने हो? घर बनाउदा नक्सा पास चाहिने लालपुर्जा भएको जग्गा चाहिने महिला भवन, विधालय,क्लब, सहकारी यीआदि सबै संरचना बन्नु पुर्व त्यसको पुर्जा आवस्यक पर्छ अनि इस्टमेट हुन्छ नक्सा पास हुन्छ अनि बल्ल निर्माण सुरुहुन्छ। हाम्रोछिमेकीको आलिसान प्रशासनिक भवन सनक र लहड को भरमा कुनै पनि प्रक्रिया पूरा नगरि भोलि उद्घाटनको अन्तिम चरणमा छ।अनुगमन समितिको अनुगमन बिना कार्यसम्पादन नभै कार्यपालिकाको बैठक बसेर पास नगरी उद्घाटन हुने यो भबन के पार्टी कार्यलयहो?होइन भने बिधी र बिधान अनि नितिमा हिड्नु पर्दैन? तपाईं नेतृत्वले यो वडाको एक एक घर हरेक टोल समुदाय समाजको मन जित्नेकाम गर्नु पर्छ खुल्ला हृदय र उदारमनले जनताको मन जित्ने कहिले हो काम्रेड? यति चै सोध्नु पर्ने देखियो। किनकी म बिकाश प्रेमी एकयुवा हु यहाँ भएको बिसङती बिकृतीको बारेमा बोल्ने कर्तव्य ठानेको छु यहाँ प्रशासनिक भबन बन्नु पर्छ बाटोघाटो बिजुली पानी साराचिजको जनताले अभाब महसुस नहुने गरि काम गर्नु पर्छ यसको लागि हातेमालो गरेर अगाडि बढ्न नेतृत्वलाइ आग्रह गर्दछु।


