बेसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको थियो। घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए। घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल पठाइएको छ। घाइते सबै स्थानीय रहे पनि नाम थर खुल्न सकेको छैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय