असार ३१ – गोरखा जिल्ला भिमसेनथापा गाँऊपालिका ऊपाध्यक्ष अमृता वस्तीले दिनभर सामाजिक सन्जालमा आएका भ्रामकसमाचारहरु प्रति गम्भिर ध्यानाकर्षका साथै भ्रामक समाचारको निन्दा गर्नु भएको छ। पालिका बाट ऊपलब्ध गराईने तलब,सेवा,सुविधासबै पालिकाको विकाश र समृ्द्धीमानै खर्च गर्ने र विपन्न वर्गहरुको लागी छुट्टाऊने निर्णय गर्नु भएकी ऊपाध्यक्ष वस्तीका विषयमा दिनभरसामाजिक संन्जालमा हल्ला खल्ला गरे पश्चात वस्तीले आफ्नो सामाजिक संन्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ।
हेनुहोस् ऊपाध्यक्ष वस्तीको धारणा ।
भीमसेनथापा गाउँपालिकाको गाउँ सभा बहिष्कार सम्बन्धि विषयलाई लिएर एकाध सञ्चार माध्यममा आएको समाचारप्रति मेरो गम्भीरध्यानाकर्षण भएको छ । गाउँ पालिकाको समग्र विकासमा सहमतीय अवधारणा अनुरुप अघि बढ्न र सहकार्यको परिपाटी सुरु गर्न मैलेनिर्वाचन लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा प्रष्ट विचार राख्दै आएको छु । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका रकार्यक्षेत्र स्थानीय सरकार संचालन ऐन–२०७४ ले प्रष्ट पारेको अवस्थामा सामान्य बहुमतको बलमा जनताद्वारा निर्वाचित उपाध्यक्षकोभूमिका र अधिकारलाई कुण्ठित पार्दै अनुचित दबाब सिर्जना गर्ने कार्य निन्दनीय छ र यस्तो कार्यको जीवनपर्यन्त विरोध गरिरहनेछु ।
जहाँसम्म उपाध्यक्षको सवारी साधनको विषयलाई लिएर कपोलकल्पित सामाग्रीहरु सुनियोजित रुपमा सम्प्रेषण भएका छन्, यसको मघोर भर्त्सना गर्दछु । निर्वाचन ताका नै मैले नियमित पाउने सेवा सुविधा नलिने र प्राप्त गर्ने सुविधा गाउँ पालिकाको विपन्न वर्गकोउत्थानमा प्रयोग गर्ने लिखित प्रतिबद्दता व्यक्त गरेको स्मरण गराउन चाहन्छु । मेरो लागि कुनै पनि भौतिक सुविधा गौण विषय हो, मुख्यविषय त भीमसेनथापा गाउँपालिकाको समग्र विकास र यहाँको स्थानीयको जीवनस्तर उकास्नु नै हो । यो सामाजिक भावनाले प्रेरितविचारबाट म कहिल्यै पनि विचलित हुने छैन ।
अत: बहुमतको दम्भमा गलत निर्णय गर्न खोज्ने र प्रतिवाद गर्दा विषयान्तर गर्दै मेरो सुविधासँग जोडेर भ्रम सिर्जना गर्ने दुष्प्रयासलाईभीमसेनथापा गाउँ पालिका निवासी बुवा–आमा, दिदी–बहिनी तथा दाजुभाइहरुले बुझ्नु हुनेछ भन्ने मलाई विश्वास छ । अन्यायकोविरुद्धमा लड्ने हाम्रो अभियानमा पालिकावासीले दिनुभएको साथको सम्मान गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।
जय नेपाल !
अमृता वस्ती
उपाध्यक्ष, भीमसेनथापा गाउँपालिका
२०७९/०३/३१


