असार ३१- गोरखा जिल्ला गण्डकी गाँऊपालिका गाँऊ कार्यपालिका को मिति २०७९/३/३० गतेको ८७ औँ बैठकले गण्डकी गाँऊपालिका,गाँऊकार्यपालिका कार्यालय बाट नियुक्ति लिई सेवा करारमा कार्यरत रहेका विधालय र ओभिओटी अन्तर्गत बाहेकका सबै अस्थायी सेवाकरार र ज्यालादारीमा कार्यरत कर्मचारी (गण्डकी गाँऊपालिका,गाँऊ कार्यपालिका को कार्यालय,वडा कार्यालयहरु,स्वास्थ्यचौकीहरु,सामुदायीक स्वास्थ्य ईकाईहरु,आयुर्वेद औषधालयहरु लाई आर्थिक बर्ष २०७९/८०को श्रावण १ गते देखि लागु हुने गरी सेवाकरार म्याद थप नगर्ने निर्णय संगै बाख्री लाई बोका नभनेकै कारण करार कर्मचारीहरु माथी प्रहार भएको तथ्य सार्वजनिक भएको छ।
गण्डकी गाँऊपालिका वडा नम्बर ८ को आर्थिक बर्ष २०७८/७९ को लागी स्विकृत कार्यक्रम अन्तर्गत ६० प्रतिशत अनुदानमा ऊन्नतजातका बोका खरिद तथा वितरणका लागी रु.३,००,०००/- (अक्षेरुपी तिन लाख) विनियोजन भएकोमा २३ वटा ऊन्नत जातका बोकाखरिद गरी वितरण भएको भनि नियमानुसार भुक्तानी गरिदिन वडाध्यक्ष कोकिल बहादुर पुलामी मगरले सिफारिस गर्नु भएपनि सम्लग्नकागजात र प्रमाण स्वरुपको तस्बिर हेर्दा बाख्री वितरण गरिएको प्रमाण फेला परेको छ।

गण्डकी गाँऊपालिका वडा नम्बर ८ का निवर्तमान वडाध्यक्ष राम प्रसाद रेग्मीको संयोजकत्वमा बनेको समितिले मिति २०७८/१२/१६मा बैठक बसि लाभग्राही छनौट गर्नुका साथै निर्णय नम्बर २ मा ऊन्नत जातको बोका २३ मध्ये २ वटा बोयर क्रस र २१ वटा खरि क्रस खरिदगर्ने निर्णय गरेको प्रमाण प्राप्त हुन आएको छ। यता वितरण गरिएको तस्बिरको प्रमाण भने बाख्री देखिएको छ।

ऊन्नत जातको बोका खरिद समितिले बोका खरिद भने गण्डकी गोर्ट सिड फर्मबाट खरिद गरेको भनि बिल पेश गरेको छ।

यता गण्डकी गाँऊपालिका गाँऊ कार्यपालिकाको कार्यालय भुम्लिचोक गोरखाले भने टिप्पणी र आदेश ऊठाऊदै खरिद गरेर वितरण गरिएका बोकाहरु ऊन्नत जातमा नपर्ने र श्री गण्डकी गोर्ट सिड फर्मबाट आपुर्ति भएका बोकाहरु वितरणमा भरपाईनभएको,आवश्यक अध्ययनका साथ नियमानुसार भुक्तानीको लागी अघि बढाऊन निर्णयार्थ पेश गरेको पाईन्छ। यस्ता विषयहरु कर्मचारीहरुले नियमानुसार काम गरेर आफुहरुले गरेका गलत कृयाकलापको साक्षी नबसेकै कारण प्रतिसोधले करारकर्मचारीहरु माथी प्रहार भएको आरोप करार कर्मचारीहरुले पालिका नेतृत्व र पालिका नेतृत्व सम्वद्ध दलहरुको निर्णय प्रति आपत्तीप्रकट गर्नुका साथै प्रेस विज्ञप्ती मार्फत तत्काल प्रतिसोधपुर्ण निर्णय सच्याऊन चेतावनी दिएका छन्। स्थानिय सरकारको होलसेल निर्णयले पालिका भित्रका नै ७०/७५ जना एकै पटक बेरोजगार हुदैछन्। जनमुखी भनिएको स्थानिय सरकारको निर्णयको सर्वत्रपालिकाबासीले समेत विरोध गर्दै आएका छन्।

हेर्नुहोस् सम्लग्न कागज सहित वडाले पेश गरेको प्रमाण स्वरुपको बाख्रीको तस्बिर ।



