– कविता गौतम
खेलौना झैँ हराएका खुसीहरुमा फेरि बाल्यकाल बटुल्नु छ!
बिग्रदै गएका सम्बन्धहरुमा फेरि मिठास खोज्नु छ !!
बारम्बार लागेका चोटहरुमा मलम पट्टी लगाउनु छ !
गुमाएका ती सुखका दिनहरुमा आफुलाई त्यहिँ लानु छ !!
चुड्न लागेका धागाहरुमा फेरि गाठो पार्नु छ !
मर्दै गएका आशहरुमा फेरि, फेरि मलजल गर्नु छ !!
मेटिदै गएका पाईलाहरुमा फेरि आकार दिनु छ !
रोकिदै गएका सासहरुमा अमृत पान गर्नु छ !!
भत्किएका सपनाहरुलाई फेरि कोरि हेर्नु छ,
प्रिय जीवन
आश, सास, सपना, विपना, आकृति, प्रतिबिम्ब, नयाँ, पुराना, घाउ, चोट, मलम, पट्टी, पीडा, कष्ट, सुख, दुखः चाहे जस्तोसुकै परिस्थिति आओस्
आफूले आफूलाई गुमाउन नपरोस् !!
हार होस् तर फेरि अगाडी बढ्ने साहस र चाहना पनि होस् !
मन दुखोस् तर त्यो दुखाईमा मलम पट्टी गरिदिने कोही होस् !!
खुट्टा भए जुत्ता कत्ति हो कत्ति भन्ने संसारमा म जुन हुदाँ उ मेरो प्रकाश होस् …..!!


