काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वनस्थलीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा ९५ प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।  घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय