काठमाडौंको बालाजुमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।
मंगलबार बिहान काठमाडौं महानगरपालिका–१६ बालाजु पुलवारिको सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाइकलअनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएकामोटरसाइकलमा सवार अर्का एक व्यक्तिको सोही अस्पतालम उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


