काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले परिवर्तनका लागि काम गरेको पार्टी कांग्रेससँग अन्य दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसको एकमहिने अभियान अन्तरगत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले काँग्रेस जन जनको मनमा बसेको भरपर्दो पार्टी भएको बताएका छन् । 

वर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको भन्दै नेता सिंहले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता कांग्रेसलाई आई परेको बताए ।

स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने समेत बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने बताउदै उनले कांग्रेसका सबै कमिटीहरुले उमेदवार सिफारिश गर्दा विधानको परिधि भित्र रहेर  गर्न समेत आग्रह गरे ।

टिकटका लागि सबैले प्रयास गर्न पाउने तर जसले पाउछ त्यो पार्टीको उमेदवार हुने भएकाले सबै एकढिका भएयर जिताउन लाग्नुपर्ने उनले बताए ।

नेता सिंहले वर्तमान सरकारको मुख्य दायित्व भनेकै संविधानलाई ट्रयाकमा ल्याउने र संविधान र कानु बमोजिम समय सीमा भित्र निर्वाचन गराउने भएको बताए ।

उनले आम नागरिकले विगतमा अवसर पाउदा कुन दलले कस्तो काम गरे भन्ने मुल्यांकन गर्ने बेला आएको बताए ।

नेता सिंहले अब सबै कांग्रेसका नेता कार्यकर्ताहरुले जनताको घर घरमा पुगेर पुगेर सार्वजनिक बहसमा सहभागी भएर कांग्रेसले गरेका कामका बारे प्रचारप्रसारमा लाग्न आग्रह गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय