काठमाडौं- ​साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख नौ सय रुपैयाँ कायम भएको छ। 

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ।  

आज चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय