अन्नपूर्णबचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ निर्विरोध चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न भएको सहकारी संस्थाको १९ औँ विशेष साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।समितिको उपाध्यक्षमा सरुना पोखरेल, सचिवमा सुमेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा ज्ञानु अधिकारी अर्याल, सहसचिवमा लक्ष्मण आचार्य चयन भएका छन् । सदस्यहरुमा विष्णु खनाल, दिपक श्रेष्ठ, चन्द्रिका गुरुङ तामाङ, कल्पना दवाडी, सूर्यमाया श्रेष्ठ, विन्दा रोकाया नेपाली चयन भएका छन् ।

लेखा समितिको संयोजकमा विनोदबाबु अर्याल र समितिको सदस्यहरुमा सुनील न्यौपाने चयन भए । ऋण उपसमितिको संयोजकमा बुद्ध शाही, शिक्षा उपसमितिको संयोजकमा लालप्रसाद श्रेष्ठ र सदस्यमा पुष्पराज भट्टराई चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारीको ऐन, विनियमको आधारमा संस्थालाई थप व्यवस्थित बनाउदै लैजाने र सबै काम कम्युटर प्रणालीबाट हुने बताए । देशको आर्थिक मन्दी भइरहेको अवस्थामा संस्थाको जिम्मेवारी निभाउनु चुनौतीपूर्ण रहेपनि नयाँ कार्यसमितिले सबैलाई मिलाएर लैजाने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भाइचन्द्र श्रेष्ठ
बोर्लाङमा भीमसेन थापाको शालिक स्थापना
गोरखाका जनप्रतिनिधीलाई स्थानीय सरकार सञ्चालन प्रकृयाका बारे अभिमुखिकरण
चितुवाको आक्रमणबाट तनहुँमा दुई जना घाइते
गण्डकी प्रदेशमा सञ्चालित विद्युत‍्का आयोजनाका सहजीकरण गरिदिन आग्रह
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय