गोरखा नगरपालिका–८ बराहमा सवारी दुर्घटना हुदाँ एक युवक घाइते भएका छन् । सवारी दुर्घटनाबाट शहिद लखन गाउँपालिका वडा नम्वर ७ मकैपुरका २४ बर्षिय प्रदिप श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

गोरखा सदरमुकामबाट घर फर्कने क्रममा श्रेष्ठले चलाएको ना २४ प ६५८६ नम्वरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको प्रदेश ३ ०१ ०२२ च ७८५८ नम्वरको बोलेरो जिपसँग ठक्कर खाएको हो ।

घाइते श्रेष्ठलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । उनको नाक र कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला टूाफिक प्रहरी इन्चार्ज प्रेम प्रकाश पोखरेलले बताए ।

बोलेरो जीप र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय