काठमाडौँ। आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचनअधिकृत नियुक्त गरेको छ।
जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचनअधिकृत र निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो।
आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायाधप्श लगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ ।‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरतकार्यालयले नै व्योहोरा अवगत गरी खटाई पठाइदिन’समेत आयोगले निर्देशन दिएको छ।
यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैतगते विराटनगर, धुलिखेल, पोखरा, नेपालगन्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, बुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तयगरिएको छ।


