काठमाडौं -नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरूपयोग भएको बताएका छन्।

आज शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगारकार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरूपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।’

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दाे ढंगबाट सो आयोजनाको रकम बाँडेरसकिएको उनको आरोप थियो।

प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकमदिने गरिएको उनले बताए।

कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकमबाँडिएको उनले बताए। 

उनले ओली सरकारका पालमा कयौं अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको बताए।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका रवर्तमान सरकार निर्माण भएको उनले बताए।

उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनिआग्रह गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय