गोली लागेर घाइते नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।

गोली तिर्थमालीको खुट्टामा लागेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ।

शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला अचानक नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएपछि तिर्थमालीलाई गोली लागेको थियो।

पेस्तोल पड्किएपछि प्रकाश राति नै भागेका थिए। बिहान उनी आफैँले प्रहरीकोमा आत्मसमर्पण गरेका छन्।

प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार समेत हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय