काठमाडौं

ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयले उक्त पार्टीभित्र असन्तुष्टि देखिएको छ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढाकापछि दोस्रो नम्बरमा आफ्नो नाम रहेका कारण आफू सांसद बन्नुपर्ने भन्दै केन्द्रीय सदस्य मेघ आले असन्तुष्ट बनेका हुन्। आलेले आफ्नो असन्तुष्टि भए पनि यसलाई मुद्दाका रूपमा अघि नबढाउने बताए।

‘पार्टीभित्रै संघर्ष गर्ने कुरा हो,’ आलेले भने, ‘तर पार्टीले जनमानसमा राम्रो गर्दैछ। चुनावको माहौलमा समझदारी गरेर जाने कुरा हो।’

उनले निर्वाचन आयोगमा उजुरी लिएर जाने कि नजाने भन्ने निष्कर्षमा नपुगेको बताए।

‘तपाईं निर्वाचन आयोगमा उजुरी लिएर जान लाग्नुभएको हो’ भन्ने प्रश्नमा आलेले भने, ‘के हो भन्ने कुरा बुझ्छु तर उजुरी गर्ने कुरा छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि समानुपातिकको बन्दसूचीमा समावेश हुन हुने रोलक्रम निर्धारण गर्न पार्टी सदस्यहरूबीच मतदान गराएको थियो। उक्त सूचीमा आदिवासी जनजाति पुरूष क्लस्टरमा ढाकाकुमार श्रेष्ठपछि आलेको नाम छ।

महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि विन्दबासिनी कंसाकारको नाम रहेको छ। रास्वपाको केन्द्रीय समितिले ढाकाकुमार श्रेष्ठलाई मन्त्री बन्न घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि निष्कासन गर्ने निर्णय गरिसकेको छ। सँगै उक्त पार्टीले उक्त स्थानमा एसिड आक्रमणकी’ सर्भाइभर’ विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो। स्रोतः सेतो पार्टी

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय