गोरखा- विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयपरिषद (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्यो । आकर्षकघर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्नाआवश्यकताअनुसार घर नबनेपछि केही सातामा एक पटक आएर घर रेखदेख गर्छन् । अधिकांश स्थानीय पुरानो बसोबास छाड्न तयारदेखिएका छैनन् ।
हेर्दा र देख्दा चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन्। “हामीसँगछानो भएको घरबाहेक केही छैन”, लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, “कुखुरा थुन्ने खोर, मकै राख्ने भकारीनभएको घरमा बस्न कोही रुचाउँदैनन् ।” बस्ती हस्तान्तरण भएको एक वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेकाछैनन् । राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीलेबस्न रहर नगरेको बताउँछन्। तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरूकमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


