काठमाडौं,चैत २९-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेको बताएका हुन् । नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको उनको भनाइ थियो ।

उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेको भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए । उनले भने, ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०/६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् ।’ नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, गृहमन्त्री बनाउने काम सरकारले गरेको भन्दै अध्यक्ष केसीले निर्वाचन आयोगले पनि त्यस्तै गरेर ऐन, कानुनलाई ठाडै उल्लंघन गरेको टिप्पणी गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय