प्रादेशिक अस्पताल सिरहामा आगलागी भएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।
दिउँसो २ बजेको समयमा आगलागी भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो ।
आगलागीबाट मानवीय क्षति हुनबाट जोगिएपनि भौतिक क्षति भएको र यस सम्बन्धमा विस्तृत आउन बाँकी रहेको छ ।


