काठमाडौं।
जि टु जी सम्झौता मार्फत् ईजरायल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन बाट खटिएको प्रहरी टोलीले मंगलबार बर्दिया गुलरिया न.पा. वडा नं. ३ का २६ वर्षीय सुनिल कुमार यादवलाई लाजिम्पाटबाट पक्राउ गरेको हो।
यादवले रिता लामा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायल बीच हुने जि टु जी सम्झौता मार्फत् सरकारी कोटामा ईजरायल पठाउने भन्दै ठगि गरेका थिए। उनले प्रतिव्यक्ति रु अठाह्र लाख दिएपछि ईजरायलको Agriculture कम्पनीमा काममा एक लाख नब्बे हजार तलव हुन्छ भनेर प्रलोभन देखाएका थिए। यादव पीडितहरुबाट पटकपटक गरी एकतीस लाख रुपैयाँ रकम लिएर सम्पर्क विहीन भएका थिए। उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलेपक्राउ गरेको हो।


