काठमाण्डौ ।

ठगी सम्बन्धी कसूरमा १ महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलिले सुनसरी धरान उप.म.न.पा वडा नं. १७ कि जुनुकला राईलाई सोमबार पक्राउ गरेको हो।

राईविरुद्द १४ जना व्यक्तिहरुबाट लिखित र ३६ जना व्यक्तिहरुबाट मौखिक जाहेरी भएपछी प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ महानगरपालिका वडा न.०७ चावहिल, गंगाहिटी स्थितमा रहेको भिजन ड्रिमरी प्रा.लि. (vision dreamerypvt.ltd) का संचालक जुनुकला राई पक्राउ परेकी हुन्। उनले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरु उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धि स्विकृति लिई‌ ईजाजतको समेत बर्खिलाप हुने गरी १६- २५ बर्ष उमेर समुहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना (२५%, ३५%, ४५%, ४६% नाम दिई), वैदेशिक भ्रमण लगायतका प्रलोभन दिई न्यूनतम ११,३०० देखि अधिकतम ५,००,००० सम्म तिरी सदस्यता लिन लगाइएको खुलेको छ। त्यसबाट कम्तिमा ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने गर्न नसकेको खण्डमा कम्पनीबाट उत्पादित भनिएको गुणस्तर परिक्षण नभएको विभिन्न तयारी पोशाक,जुत्ता, हस्तकलाका सामाग्रीहरु बजार मूल्य भन्दा अत्याधिक ज्यादा मूल्यमा बिक्री गराउनु पर्ने शर्त राखी उक्त शर्त पालना नगरिएको खण्डमा लगानी रकम समेत फिर्ता नगरी कम उमेर समुहका युवायुवतीलाई नेटवर्किङ व्यवसाय सम्वन्धि ३ दिने प्रशिक्षण दिलाई उक्त कार्य गरी गर्न लगाई प्रलोभनमा पारी लाखौ नगद असुल गरेको पाइएको छ। राइले १४ जना पिडितहरुबाट सत्र लाख तिन हजार चार सयर ३६ जना पिडितहरुबाट नगद अड्तिस लाख उन्नाइस हजार चार सय बराबरको रकम‌ ठगी गरेपछि पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।राईलाई ठगी सम्बन्धी मुद्धामा बृत्त गौशालाबाट थप अनुसन्धान भईरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय