सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्। बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो।

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। पर्यटन विभागका निर्देशक युवराज खतिवडाले घटनाको पुष्टि गरे।

उनका अनुसार बेपत्ताहरुमा डा छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय