भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् । बुधबार (आज) उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको जनाइएको छ ।

प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पुर्‍याएकोमा राजदूत चेनलाई धन्यवाद व्यक्त गरेकी छन् ।

महानगरपालिका प्रमुख दाहालले महानगरीय मेट्रो रेल, नेपाल चाईनामैत्री पार्क निर्माण चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् ।

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनिसमेत दिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय